काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित हात पारेको छ । आइतबार राति भएको खेलमा पीएसजीले मोनाकोलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
पीएसजीको जितमा केलियन एमबाप्पेले दुवै गोल गरेका हुन् ।

खेलको १२ औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए। खेलको ४६ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई २-० को जित दिलाए।
यस जितसँगै पीएसजीले १८ खेलमा ४५ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । मोनाको २६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया