काठमाडौं । नेकपा एमालेले सातवटै प्रदेशको अध्यक्ष तोकेको छ ।
आइतबार बसेको एमालेको केन्द्रीय कमिटी बैठकले सात वटै प्रदेश अध्यक्षहरुको नाम प्रस्ताव गरेको छ ।
बैठकको निर्णयअनुसार प्रदेश नं १ मा तुलसी न्यौपाने, प्रदेश नं २ मा रामअवतार यादव, बागमतीमा केशवराज पाण्डे, गण्डकीमा नवराज शर्मा, लुम्बिनीमा राधाकृष्ण कँडेल, कर्णालीको विनोदकुमार शाह र सुदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी रहेका छन् ।
त्यसैगरी उपत्यका विशेष अध्यक्षमा प्रेम पराजुलीको नाम प्रस्ताव भएको छ ।
त्यसैगरी बैठकले ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया