काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार गरेको श्रम नियमावली–२०७५ लाई मन्त्रिपरिषद्ले पारित गरेको छ । आइतबार सो नियमावली पारित भएपछि अब कामदारलाई बैंकबाटै अनिवार्य तलब भुक्तानी दिनुपर्ने बाध्यकारी कानुन लागू हुनेछ ।
सरकारले श्रमिकको तलब सुरक्षा गर्न आगामी आर्थिक वर्षदेखि बैंकबाट अनिवार्य तलब भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको हो । अब एक जना श्रमिक राख्ने रोजगारदाताले पनि बैंकबाट तलब भुक्तानी गर्नुपर्नेछ । यस नयाँ श्रम नियमावलीअनुसार औद्योगिक, कृषि र घरेलु कामदारको तलबसमेत बैंकबाट भुक्तानी गर्नुपर्नेछ । यसैगरी, कर्मचारीको सञ्चय कोषको व्यवस्था पनि अनिवार्य गरिएको छ । जसका लागि रोजगारदातालाई मार्गनिर्देश गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकको बैंक खाता सञ्चालनसम्बन्धी निर्देशिका ल्याउनेछ । राजधानी दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया