काठमाडौं । भायानेटले १२५० रुपैयाँमा नै १७५ एमबीपीएसको इन्टरनेटसहित भायाटीभी अफर ल्याएको छ । अल्ट्रा–फाइ लाइनका प्रोडक्टहरु यस अफरले प्रयोगकर्ताहरुलाई न्यूनतम मूल्यमा उच्चतम इन्टरनेट स्पीड दिने इन्टरनेट प्लान प्रदान गर्दछ ।
अल्ट्रा–फाइअन्तर्गत, भायानेटले १२५ एमबीपीएस, १७५ एमबीपीएस र २५० एमबीपीएसको तीनवटा प्लान ल्याएको छ । यस सिरिजको मुख्य प्लान १७५ एमबीपीएसको इन्टरनेट हो, जुन २ वटासम्म भायाटीभी सदस्यताको साथ आउँछ, जसको वार्षिक सदस्यता लिँदा प्रतिमहिना १२५० रुपैयाँ पर्न जान्छ ।
यसका साथै, भायानेटले निःशुल्क इन्टरनेट जडान, निःशुल्क पहिलो सेट–टप–बक्स र सबै प्याकेजहरुमा १००० रिवार्ड अंक प्रदान गर्दै छ ।
नयाँ ब्याण्डविथ सपोर्ट गरेर भायानेटले आफ्नो संरचनालाई अपग्रेड गर्नको लागि नोकिया र सी–डाटासँग अपग्रेडेड साझेदारी गरेर डुअल ब्राण्ड इल्ग्क अप्टिकल नेटवर्क युनिट प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया