नाडाको नयाँ नेतृत्वको लागि मतदान सुरु

लोकपथ
84
Shares

काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि निर्वाचन सुरु भएको छ ।

बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि केही समय ढिला सुरु भएको छ । मतदानको लागि नाडाका सदस्यहरु बिहानदेखि मतदान हुने स्थान राजधानीको सोल्टी होटलमा लामबद्ध भएर बसेका छन् । नाडाको ४५औँ वार्षिक साधारणसभा बुधबारदेखि सुरु भएको हो ।

नाडाको नयाँ नेतृत्वका लागि व्यवसायी करण चौधरी र ध्रुब थापाले उम्मेदवारी दिएका छन् । चौधरी र थापा समूह प्यानल नै बनाएर चुनाबी मैदानमा उत्रिएका छन् । नाडाको नयाँ नेतृत्वको लागि २ हजार २ सय नाडाका सदस्यले मतदान गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?