काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा युनाईटेडले स्विस क्लब योङ बोइजसँग १-१ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा ९ औं मिनेटमा मासन ग्रीनउडले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ४२ औं मिनेटमा फाबियन राइडरले गोल गर्दै योङ बोइजलाई १-१ गोलको बराबरीमा फर्काए ।
योङविरुद्ध बराबरीमा रोकिएपनि युनाईटेड समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ । समूह एफको युनाईटेडले ६ खेलमा ११ अंक जोडेको छ । योङ ४ अंक जोडेर समूहको पुछारमा रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया