पेले अस्पताल भर्ना

लोकपथ
154
Shares

काठमाडौं । फुटबल जगतका लिभिङ लेजेन्ड पेले अस्पताल भर्ना भएका छन् । कोलोन ट्युमरको उपचारका लागि पेले अस्पताल भर्ना भएका हुन् ।

८१ वर्षीय पेलेको गत सेप्टेम्बरमा ट्युमरको शल्यक्रिया गरिएको थियो ।

तीनपटक विश्वकप जित्ने एकमात्र खेलाडीका रुपमा रहेका पेले साओ पाउलोको अल्बर्ट आइन्टाइन अस्पतालमा भर्ना भएका हुन् ।

पेलेले सामाजिक संजालबाट आफु अस्पताल भर्ना भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?