३३ किलो सुन प्रकरणमा सत्ताधारी नेकपाका कार्यकर्ता पक्राउ

मोरङ (विराटनगर) : कुख्याती कमाएको साढे ३३ किलो सुन तस्करी र व्यक्तिहत्या प्रकरणमा संलग्न रहेको जनाउँदै सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्तालार्इ मोरङ प्रहरीले पक्रेको छ । 

उर्लाबारीमा सुन पसल गरि बस्ने मोरङ उर्लाबारीका रेवत अाचार्यलार्इ प्रहरीले नियन्त्रणमा लिएको हो । सुन तस्करीका मूख्य अभियुक्त गोरे भनिने चुडामणी उप्रेतीले जिल्ला अदालतमा दिएको वयानका अाधारमा अाचार्यलार्इ पक्राउ गरिएको मोरङ प्रहरीले जानकारी दिएको छ । 

पक्राउ परेका अाचार्य नेकपाका स्थानीय कार्यकर्ता हुन्  । बयानका क्रममा गोरेले गत चुनावनमा एमालेका सांसद घनश्याम खतिवडालार्इ अाचार्यमार्फत २ लाख रूपैयाँ चुनाव खर्च उपलब्ध गरेको बताएका छन् । सांसद खतिवडाले भने गोरेले लगाएको अारोपको खण्डन गरिरहेका छन् । 


मोरङ-१ बाट प्रतिनिधीसभाका सांसद घनश्याम खतिवडा । खतिवडाले सुन तस्करको मुख्य अभियुक्त चुडामणी उप्रेती 'गोरे' बाट चुनाव खर्च लिएको अारोप लागेको छ ।

मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा विघटित एमाले र माअोवादी केन्द्रको साझा उम्मेदवारका रूपमा खतिवडाले चुनाव लडेका थिए । एमाले उम्मेद्वार खतिवडाले ३७ हजार ५ सय २४ मत ल्यार्इ चुनाव जितेका हुन् ।

यद्यपी : मोरङ प्रहरीले सुन तस्करी प्रकरणमा राजनीतिक संलग्नता र नेकपाको कार्यकर्ता पक्राउबारे अाैपचारिक जानकारी दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?