काठमाडौँ — प्रधानमन्त्री केपी ओलीको रेल र पानीजहाजको सपनाको विषय संसद्मा सत्तापक्षर र प्रतिपक्षबीच तातो बहस सुरु भएको छ । पहिलोपटक प्रधानमन्त्री बनेदेखि नै ओलीले लिँदै आएको रेल र पानीजहाजको सपना यसपटक सरकारको नीति तथा कार्यक्रमको प्राथमिकतामै पारिएको छ ।
प्रमुख प्रतिपक्ष कांग्रेसले मुलुकको विकास र समृद्धिका लागि रेल र पानीजहाज प्राथमिकता हो कि अन्य विषय भन्दै चर्को आलोचना गरेको छ भने सत्तापक्षीय सांसदहरू ५ वर्षभित्रै पूर्वपश्चिम, उत्तरदक्षिण रेल दौडिनेदेखि हिन्द महासागरमा नेपाली पानीजहाज चल्ने भन्दै सरकारको बचाउमा उत्रिएका छन्, कान्तिपुर दैनिकमा खबर छ ।
शुक्रबारको संसद् बैठकमा पहिलो वक्ताका रूपमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका नेता सुवास नेम्वाङले सपना देख्नु गलत नभएको भन्दै रेल र पानीजहाजको सपना अबको ५ वर्षमा पूरा हुने दाबी गरे । उनले कांग्रेसलाई पूर्वपश्चिम, उत्तरदक्षिण रेल र हिन्द महासागरमा जहाज चढ्नका लागि तयार रहनसमेत आग्रह गरे ।
विपक्षी सांसदहरूको प्रश्नको जवाफ दिँदै नेम्वाङले नीति तथा कार्यक्रमले बोकेका सपना अबको बजेटमार्फत पूरा हुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया