गोरेसँग २७ पेज लामो बयान, फेरि गोरेका सहयोगी समातिए

विराटनगर-सुन तस्करी तथा सनम शाक्यको हत्याको अभियोगमा पक्राउमा परेका चुडामणि उप्रेती (गोरे)को जिल्ला अदालत मोरङमा आज पनि बयान जारी रहेको छ  ।

सो प्रकरणको मुख्य अभियुक्त मानिएका गोरेसँग आज चार घण्टाभन्दा बढी समयसम्म बयान लिइएको र आइतबार बयान सकिने सम्भावना रहेको अदालतका निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिए  । बयान सकिएपछि थुनछेकको बहस प्रारम्भ हुनेछ ।

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहवरमा गत बुधबारदेखि शुरु भएको गोरकोे बयान आज सम्ममा २७ पृष्ठमा पुगेको बुझिएको छ ।

यसैबीच, यस घटनाका मुख्य अभियुक्त भनिने गोरेलाई सहयोग गरेको अभियोगमा बिहीबार मोरङको उर्लाबारी नगरपालिका–२ का रेवन्तकुमार आचार्यलाई प्रहरीले पक्राउ गरी आज अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?