कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि शुरु भएको छ ।
कर्णाली प्रदेश प्रमुखको कार्यालयले जेठ ४ गते अधिवेशन आह्वान गर्न प्रदेश सचिवालयलाई परिपत्र गरेपछि दोस्रो अधिवेशनको पहिलो बैठक शुरु गरिएको सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयो । बैठकमा प्रदेशसभा सदस्य गुलाबजंग शाह र सीता नेपालीले अब बजेट अधिवेशन शुरु भएको बताउँदै संघीय गणतन्त्रलाई कार्यान्वयन गर्न कानूनको अभाव रहेको बताउनुभयो ।
चालीस प्रतिशत बजेट भ्रष्टाचार हुनु अहिलेको प्रमुख चुनौती रहेको जनाउँदै उहाँहरूले द्रुतमार्गबाट ल्याएको बजेटको कार्यविधि बन्न नसकेको टिप्पणी गर्नुभयो ।
प्रतिपक्षी दल नेपाली काँग्रेसका सचेतक हिमबहादुर शाहीले दैलेखमा ६० प्रतिशत जनताका जग्गा अहिले पनि ४९ गुठीमा रहेको भन्दै त्यहाँका ४० प्रतिशत दुःखी जनताका लागि प्रदेश सरकारलाई जिम्मेवार हुन सुझाउनुभयो । प्रदेशसभाको अर्को बैठक आइतबार अपराह्न ३ बजे बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया