पलेशा गोबर्दनले चुमिन् ऐतिहासिक स्वर्ण

लोकपथ
98
Shares

काठमाडौं । पारा तेक्वान्दोकी पलेशा गोबर्दनले ऐतिहासिक स्वर्ण पदक हात पारेकी छिन् ।

बहराइनमा जारी एसियन युथ पारा गेम्समा पलेशाले के-४४ विधाको ५७ केजीमुनिको तौल समूहमा ऐतिहासिक स्वर्ण पदक हात पारेकी हुन् ।

फाइनलमा इरानी खेलाडी एब्रहिमी रोजालाई ६-० ले हराएर पलेशाले स्वर्ण हात पारेकी हुन् ।

यस्तै नेपालले १ रजत र १ कांस्य पदक हात पारेको छ ।

नेपालका सिर्जन घिसिङ रजत पदक हात पारेका  छन भने विशाल गर्वुजाले कास्य पदक हात पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?