ए डिभिजन लिग : ब्रिगेड ब्वाइज र आर्मी भिड्दै

लोकपथ
280
Shares

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज ब्रिगेड ब्वाइज क्लब र त्रिभुवन आर्मी फुटबल क्लब भिड्दै छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको ब्रिगेड ब्वाइज र आर्मीबीचको खेल अपरान्ह ४:४५ बजे सुरु हुनेछ ।

ब्रिगेड दुई खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ । आर्मी दुई खेलमा २ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रदै छन् ।

ब्रिगेड ब्वाइज र आर्मीबीचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?