काठमाडौं । रियल मड्रिडले स्पेनिस ला लिगाको उपाधि दौड थप बलियो बनाएको छ । शनिबार राति भएको खेलमा रियलले बलियो प्रतिद्वन्द्वी रियल सोसिडाडलाई उसैको मैदानमा २–० गोलले हरायो । जितसँगै रियलले शीर्षस्थानमा आठ अंकको अग्रता बनाएको हो ।
रियलको जितमा भिनिसियस जुनियर र लुका जोभिकले गोल गरे । दुवै गोल दोस्रो हाफमा गरेको रियलका लागि निनिसियसले ४७औं मिनेटमा खाता खोले । उनले लुका जोभिकको पासमा गोल गरेका थिए । जारी लिगमा भिनिसियसको यो ब्यक्तिगत १०औं गोल हो ।

५७औं मिनेटमा लुका जोभिकले क्यासमिरोको पासमा गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । लुका १७औं मिनेटमा कप्तान करिम बेन्जेमाको स्थानमा मैदान छिरेका थिए । बेन्जेमाले चोटका कारण मैदान छाडेका थिए । ४९ प्रतिशत बल पोसेसन राखेको सोसिडाडले १३ वटा पोस्ट प्रहार गरेपनि गोल गर्न सकेन । रियलका लुका जोभिक ‘म्यान अफ दी म्याच’ भए ।
जितसँगै शीर्षटोली रियलको १६ खेलबाट ३९ अंक पुगेको छ । पराजित सोसिडाड २९ अंक सहित पाँचौं स्थानमा झरेको छ । दोस्रो स्थानमा रहेको सेभियाको ३१ अंक छ । शनिबार रातिनै भएको खेलमा सेभियाले भिल्लारियललाई १–० गोलले हरायो ।
घरेलु मैदानमा सेभियालाई जिताउन लुकास ओकम्पोस नायक बने । लुकासले १६औं मिनेटमा गरेको गोल सेभियाका लागि प्रयाप्त बन्यो । पराजित भिल्लारियल १६ अंक सहित १३औं स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया