काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समितिको पहिलो बैठक आज बालुवाटारमा बस्दैछ ।
बैठकमा गत बिहीबार छुटेका केन्द्रीय सदस्यको सपथ तथा निर्वाचन आयोगमा दल दर्ता सम्बन्धी प्रक्रिया पूरा गर्ने विषयमा छलफल हुने बताइएको छ ।
बिहीबार अपराह्न ४ बजे बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बैठक बोलाइएको हो ।
केन्द्रीय समितिको पहिलो बैठकमा अध्यक्षद्वयले पार्टीको भूमिका र आगामी रणनीतिबारे केन्द्रीय सदस्यलाई ब्रिफिङ समेत गर्ने केन्द्रीय सदस्य सुवास नेम्वाङले जानकारी दिए ।
गत बिहीबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण पछि गठन भएको नेपाल कम्युनिष्ट पार्टीमा २ सय ४१ जना केन्द्रीय सदस्य चुनिएका छन् ।
त्यस्तै, गत बिहीबार अधिकांश केन्द्रीय सदस्यहरुले सपथ लिइसकेका छन् । तर, छुटेकाहरुले भने आज बालुवाटारमा सपथ ग्रहण गर्न लागेका हुन् । विघटित माओवादी केन्द्रीकी प्रवक्ता एवं केन्द्रीय सदस्य पम्फा भुसालले निर्वाचन आयोगमा सबै केन्द्रीय सदस्यहरुको हस्ताक्षर बुझाउनपुर्ने भएकाले आज केन्द्रीय समितिको बैठक बोलाइएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया