प्रिमियर लिग : सिटीको जितमा भिल्ला स्तब्ध

लोकपथ
203
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित हात पारेको छ । बुधबार राति भएको खेलमा सिटीले भिल्लालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको २७ औं मिनेटमा रुबेन डियासले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ४३ औं मिनेटमा बेर्नार्डो सिल्भाले गोल गरेपछि सिटीको अग्रता दोब्बर बनाए ।

Image

त्यसपछि खेलको ४७ औं मिनेटमा भिल्लाका ओली वाट्किन्सले गोल फर्काएपनि खेलमा फर्कन भने सकेनन् ।

जितसँगै सिटीले १४ खेलमा ३२ अंक जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ । भिल्ला १६ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?