काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बराबरीमा चित्त बुझाएको छ । बुधबार राति भएको खेलमा पीएसजी निससँग गोलरहित बराबरी खेलेको हो ।
घरेलु मैदानमा धेरै मौकाको फाइदा उठाउन नसक्दा पीएसजीले एक अंकमा चित्त बुझाएको हो ।
खेल अघि लियोनल मेस्सीको बालोन डी ओर अवार्ड र गोलकिपर जियानलुगी डोनारुम्माको यासिन ट्रफी सार्वजनिक गरिएको थियो ।
यस बराबरीसँगै पीएसजीले १६ खेलमा ४१ अंक जोड्दै शीर्ष स्थानमा यथावत रहेको छ । निस २७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया