संसद् बैठकका ६ दृश्य, जहाँ आज देउवा कडा रुपमा प्रस्तुत भए !

काठमाडौँ- संघीय संसद्मा आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथिको छलफल जारी छ ।

प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै करीब तीन दर्जन सांसदले आ–आफ्नो धारणा राखे  ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रममा नीतिहरु मात्रै रहेको र कार्यक्रम नभएको बताए  ।

सभापति देउवाले भने, “योजना र कार्यक्रम बिनाका सपना केवल मनोकामना मात्र हुन् । सरकारलाई कर्मकाण्डी बन्ने छुट छैन । आफूलाई बलियो मान्ने सरकारले आर्थिक र सामाजिक सुधारका लागि ठुल्ठूला जोखिम मोल्नुपर्छ, त्यो स्पीरिट म देख्दिँन ।”

विसं २०४६ सालको राजनीतिक परिवर्तनपछि बनेको काँग्रेसको सरकारले आर्थिक क्षेत्रमा साहसिक र दूरगामी असर पार्ने क्रान्तिकारी काम गरेको उल्लेख गर्दै उनले  तत्कालीन सरकारले नै अर्थतन्त्रमा विभिन्न संरचनाको सुधार गरी उदारवाद अर्थतन्त्रको जग बसालेको जानकारी गराए  ।

तस्बिर :  रासस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?