काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेता झलनाथ खनालले स्थायी कमिटी सदस्य छनोटमा असन्तुष्टि जनाएका छन् ।
एमाले र माओवादी एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टीमा ४५ सदस्यीय स्थायी समिति बनाउने निर्णय भएको थियो ।
४५ सदस्यीय स्थायी समितिमा तत्कालिन एमालेका तर्फबाट २६ र माओवादीका तर्फबाट १९ सदस्य रहनेछन् । साथै नेकपाको नौ सदस्यीय सचिवालयले स्थायी कमिटीलाई पूर्णता दिने तयारी थालिरहेको छ ।
यसैक्रममा नेता खनालले एमालेका तर्फबाट रघुजी पन्त, रघुवीर महासेठ, बेदुराम भुषाल र विष्णु रिमाललाई स्थायी कमिटीमा लैजाने निर्णयप्रति असन्तुसष्ट जनाएका हुन् ।
नेता खनालले भने, ‘चार जनालाई स्थायी कमिटीमा लैजाने निर्णयमा मेरो असहमति हो ।’ उनले भने, ‘यस्तो किसिमको निर्णयले पार्टीमा योगदान पुर्याएकाहरुको उचित सम्मान र मूल्यांक हुन सक्दैन ।’ तर, नेकपाको सचिवालय स्रोतका अनुसार स्थायी कमिटीबारे भने अन्तिम निर्णय भइनसकेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया