काठमाडौं– नेपाली कांग्रेस तीन नम्बर प्रदेश अन्तर्गतका जिल्ला सभापतिहरुको भेलामा नेतृत्वको आलोचना भएको छ ।
स्थानीय, प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा पार्टीको निराशाजक नतिजा आएपनि नेतृत्वले हारको कुनै जिम्मेवारी नलिएको भन्दै नेतृत्वको आलोचना गरिएको हो ।
मंगलबार राजधानीमा आयोजित ३ नम्बर प्रदेश अन्र्तगतका १३ जिल्लाका सभापतिहरुको भेलाले नेतृत्वले हारको जिम्मेवारी नलिएको अवस्थामा जिल्ला सभापतिको हैसियतमा आफूहरुले हारको जिम्मेवारी लिने विषयमा छलफल भएको जिल्ला कार्यसमिति नुवाकोटका सभापति जगदिश नरसिंह केसीले जानकारी दिए ।
‘केन्द्रीय समितिको महिनौं बसेको बैठकमा चुनाव परिणामका विषयमा छलफल त भए तर नेतृत्वले कुनै जिम्मेवारी लिएको पाइएन’, उनले भने, ‘ नेतृत्वले नलिएको अवस्थामा जिल्ला सभापतिको हैसियतमा हामीले नै हारको जिम्मेवारी लिने विषयमा छलफल भएको छ ।’ बैठकमा आगामी असार ५ देखि ७ गतेसम्म हेटौडामा हुने राष्ट्रिय भेला तयारीमा सम्बन्धमा छलफल भएको पनि उनले जानकारी दिए ।
देश संघीयतामा गइसकेको अवस्थामा संघीय ढाँचामा संगठन निर्माण गरिनुपर्नेमा पनि भेलाले जोड दिएको छ । भेलाले वाम एकता भएपनि पार्टीको लागि अवसर हुने निश्कर्ष समेत निकालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया