काठमाडौं । बहराइनमा आयोजना हुने एसियन युथ पारा गेम्समा नेपालका चार खेलाडीले सहभागिता जनाउने भएका छन् ।
बहराइनको मनमामा आयोजना हुने पारा गेम्स डिसेम्बर २ देखि ८ सम्म आयोजना हुनेछ । जसमा पारा तेक्वान्दोका तीन र ब्याडमिन्टनका एक खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
पारा तेक्वान्दोमा पारा ओलम्पियन पलेसा गोवद्र्धनले के-४४ विधाको ५७ केजीमुनिको तौल समूहमा, ५८ केजीमुनि विशाल गर्बुजा र ५२ केजीमुनिको तौल समूहमा सिर्जना घिसिङले प्रतिस्पर्धा गर्ने छन् ।
पारा ओलम्पियन पलेसाले प्रतियोगितामा स्वर्णका लागि प्रतिस्पर्धा गर्ने बताइन् ।
“स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछु । प्रतियोगिताका लागि तयारी राम्रो गरेको छु । पदक ल्याउने योजनामा छु ।” पलेसाले लोकपथसँग भनिन् ।
यस्तै ब्याडमिन्टनका प्रकाश अधिकारीले पारा गेम्समा प्रतिस्पर्धा गर्ने छन् ।
नेपाली पारा टोलीलाई शुक्रबार नेपाल तेक्वान्दो संघले बिदाइ गरेको छ । खेलकुद मन्त्री महेश्वर गहतराजले नेपाली टोलीलाई बिदाइ गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया