राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा चेतन घिमिरे

लोकपथ
231
Shares

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा चेतन घिमिरे नेपाली नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी ‘फोर नेसन्स फुटबल प्रतियोगिता’को लागि युवा प्रशिक्षक चेतन घिमिरेलाई टोलीको जिम्मेवारी दिएको हो ।

एएफसी ए लाइसेन्स प्राप्त ३३ वर्षीय प्रशिक्षक चेतन यसअघि महिला टोलीको सहायक प्रशिक्षकको रूपमा रहेका थिए । महिला टोलीको मुख्य प्रशिक्षक ग्यारी फिलिप्सको अनुपस्थितिमा पूर्व खेलाडी चेतनले राष्ट्रिय टोली हेर्ने जिम्मा पाएका हुन् ।

४ देशको सहभागिता रहने ‘फोर नेसन्स फुटबल प्रतियोगिता’ २३ मंसिरबाट पुस ६ गतेसम्म चल्नेछ । प्रतियोगितामा नेपाल सहित आयोजक भारत र थाइल्याण्डको टुंगो लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?