बराबरीमा रोकियो बार्सिलोना : अन्तिम १६ मा पुग्न बायर्नसँग भिड्नु पर्ने

लोकपथ
897
Shares

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा बराबरी खेल खेलेको छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले पोर्चुगिज क्लब बेन्फिकासँग गोलरहित बराबरी खेलेको हो ।

खेलमा दुवै टिमले मौकाको सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो । यस बराबरीसँगै बार्सिलोनाले नकआउट चरणमा पुग्न अन्तिम खेल कुर्नु पर्ने भएको छ ।

Image

अन्तिम खेलमा बार्सिलोनाले बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्नेछ । बायर्न नकआउट चरणमा पुगिसकेको छ।

बार्सिलोना समूह ‘ई’ को दोस्रो स्थानमा रहेको छ । बार्सिलोनाले ५ खेलमा ७ अंक जोडेको छ ।

बेन्फिका ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?