काठमाडौं । जाजरकोटमा १९ वर्षीय युवक मृत फेला परेका छन् । भेरी नगरपालिका-३ स्याँला बस्ने १९ वर्षीय प्रकाशजंग शाह सोही नगरपालिका-१ कालेगाउँ चौराहढीक भन्ने स्थानमा सोमबार दिउँसो मृत अवस्थामा फेला परेका हुन् ।
रुकुम जिल्लामा मेला हेर्न गई फिर्ता हुने क्रममा भेरी नगरपालिका-१ कोलचौर बस्ने १९ वर्षीय सन्तोष परियार समेतका व्यक्तिहरू र प्रकाशबीच मंसिर ३ गते साँझ भेरी नदीको पुल नजिक झगडा भई कुटपिट हुँदा घाइते भएका सन्तोष जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपश्चात डिस्चार्ज भएका थिए ।
कुटपिट गर्नेमध्येका प्रकाश र सोही ठाउँ बस्ने २२ वर्षीय प्रविण जंग शाह समेत ४ जना तत्काल फरार रहेकोमा ३ जना शनिबार परिवारको सम्पर्कमा आएको तर प्रकाश सम्पर्कमा नआएपछि आफन्तको सहयोगमा प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय जमजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुकुमार थापाले लोकपथलाई जानकारी दिए ।
‘प्रकाशको शव खोल्सामा भेटिएको छ । टाउकोमा चोटपटक लागेको जस्तो देखिन्छ , हाल शवको मुचुल्का उठाएर पोस्टमार्टमकोलागि पठाएका छौँ’, डीएसपी थापाले भने ।
झगडामा संलग्न प्रविणजंग समेत ११ जनालाई नियन्त्रणमा लिई घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया