काठमाडौं । जाजरकोटको भेरी नगरपालिका-३ स्याँला बस्ने १९ वर्षीय प्रकाश जंग शाह सोही नगरपालिका-१ कालेगाउँ चौराहढीक भन्ने स्थानमा सोमबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
रुकुम जिल्लामा मेला हेर्न गई फिर्ता हुने क्रममा भेरी नगरपालिका-१ कोलचौर बस्ने १९ वर्षीय सन्तोष परियार समेतका व्यक्तिहरू र प्रकाश समेतबीच मंसिर ३ गते साँझ भेरी नदीको पुल नजिक झगडा भई कुटपिट हुँदा घाइते भएका सन्तोष जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचार पश्चात डिश्चार्ज भएका थिए ।
कुटपिट गर्नेमध्येका प्रकाश र सोही ठाउँ बस्ने २२ वर्षीय प्रविण जंग शाह समेत ४ जना तत्काल फरार रहेकोमा ३ जना शनिबार परिवारको सम्पर्कमा आएको तर प्रकाश सम्पर्कमा नआएपछि आफन्तको सहयोगमा प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
झगडामा संलग्न प्रविण जंग समेत ११ जनालाई नियन्त्रणमा लिई घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया