नदीको पर्यावरणीय सन्तुलन कायम राख्न दाङको बबईमा माछाका भुरा छाडिएको छ । भेटेरिनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्रले विश्व मत्स्य दिवसका अवसर पारेर आज घोराही उपमहानगरपालिका–५ धर्नाको सिसहनियास्थित बबई नदीमा माछाका भुरा छोडेको हो ।
माछापालनलाई व्यावसायिक बनाउनेतर्फ मात्रै भन्दा पनि खोला नदीको पर्यावरणीय अवस्थालाई सन्तुलनमा राख्न आवश्यक रहेको केन्द्रका प्रमुख डा वेदबहादुर केसीले बताए। रहुु र नैनी जातका ६ हजार माछाका भुरा बबई नदीमा छोडिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया