काठमाडौं । सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेसी तोक्नेसम्बन्धी कानुन राजपत्रमा प्रकाशित भएको छ ।
मंसिर २ गते बसेको फुलकोर्टको बैठकले गोलाप्रथाबाट पेसी तोक्ने विधान पारित गरेको थियो । भने आज उक्त कानुन राजपत्रमा प्रकाशित भएको हो ।
राजपत्रमा प्रकाशित भइ कानुनी मान्यता पाएपछि अब सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोकिनेछ । फुलकोर्ट बैठकले निर्णय गरेपनि राजपत्रमा प्रकाशित नभएको भन्दै उक्त कानुन पास हुने नहुनेमा शंका गरिएको थियो ।
गोला प्रथाबाट बृहत पूर्ण र पूर्ण, एक न्यायाधीशको इजलास र संयुक्त इजलास गठन हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया