प्रधानन्यायाधीश जबराबाहेक १२ वटा इजलासमा तोकियो पेसी

लोकपथ
91
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि १२ वटा इजलासमा पेसी तोकेका छन् ।

राणाले बन्दी प्रत्यक्षीकरणसहित ४५४ वटा रिट निवेदन र मुद्दामा १२ वटा इजलास तोकेका हुन् । त्यस्तै आज पनि प्रधानन्यायाधीश जबराले आफ्नो लागि भने कुनै मुद्दाको पेसी तोकेका छैनन् ।

प्रधानन्यायाधीश जबराविरुद्ध असन्तुष्ट न्यायाधीशहरुले बेन्च बहिस्कार गर्ने र बेन्च सेयर नगर्ने बताएसँगै केही दिनदेखि प्रधानन्यायाधीश राणाले आफूबाहेकको इजलास तोक्दै आएका छन् ।

गोला प्रथाबाट पेसी तोक्ने प्रावधान नभएकोमा न्यायाधीशहरुले आक्रोश व्यक्त गरेसँगै गत बुधबार बसेको फुलकोर्ट बैठकले नियमावली बनाएको थियो । यद्यपि राजपत्रमा प्रकाशित नभएपछि अझै गोलाप्रथाबाट पेसी तोकिन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?