खेलकुद मन्त्रीले गरे क्रिकेट एकेडेमीको शिलान्यास

लोकपथ
133
Shares

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले आइतबार बाँकेको कोहलपुरमा राष्ट्रिय महिला क्रिकेट एकेडेमीको शिलान्यास गरेका छन् ।

कोहलपुर नगरपालिकाको वडा नं. ११ मा निर्माणाधीन अवस्थामा रहेको क्रिकेट मैदान परिसरमा मन्त्री गहतराजले सो एकेडेमीको शिलान्यास गरेका हुन् ।

एकेडेमी निर्माणका लागि १ अर्ब २२ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?