ओलीलाई टक्कर दिन भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै

लोकपथ
448
Shares

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य भीम रावलले आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गर्ने भएका छन् ।

नेता रावलले आइतबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष पदमा उम्मेदवारी घोषणा लागेका हुन् ।

आगामी मंसिर ९ देखी १२ गतेसम्म चितवनमा एमालेको १० औँ महाधिवेशन हुँदैछ । यसअघि एमालेले अध्यक्षमा केपी शर्मा ओली नै सर्वसम्मत रुपमा चयन गर्ने तयारी रहेकोमा रावलले ओलीसँग प्रतिष्पर्धा गर्न लागेका हुन् ।

ओलीसँग रुष्ट रावल माधवकुमार नेपालले पार्टी विभाजन गर्दा एमालेमा नै रहेका थिए । सुरुमा नेपालसँग रहे पनि रावलसहित १० जना केन्द्रीय नेताहरु एमालेमा नै बसेका थिए । आगामी महाधिवेशनमा रावलसहितका नेताहरुको भूमिका के बन्ने भन्ने चर्चा चलिरहेका बेला रावलले अध्यक्षमा प्रतिष्पर्धा गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?