बैतडी । सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा कांग्रेसको प्रदेश अधिवेशनको मतगणना स्थलमा एक जनामाथि रक्सीको बोतल प्रहार भएको छ ।
प्रदेशसभा अधिवेशनअन्तर्गत क्षेत्र नम्बर (ख) मा मतगणना भइरहेका बेला दशरथचन्द नगरपालिका वडा नम्बर ६ का कांग्रेस नेता अर्जुन रावलको टाउकोमा बोतल प्रहार भएको हो ।
बोतल प्रहार हुँदा उनको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख बोधराज ओझाले लोकपथलाई जानकारी दिए।
रातीको दश बजेको समयमा रावलमाथि अँध्यारोमा एक्कासि बोतलले हिर्काएको जनाइएको छ।
घाइते रावलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। रावलमाथि बोतल प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया