आज पनि सर्वोच्चमा प्रधानन्यायाधीशको राजीनामा माग्दै कानुन व्यवसायीहरुको धर्ना जारी

लोकपथ
371
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आइतबार (आज) पनि कानुन व्यवासायीहरुको आन्दोलन जारी छ ।

नेपाल बार एसोसियसनको अगुवाइमा लामो समयदेखि भइरहेको आन्दोलनमा सहभागी हुन आज पनि कानुन व्यवसायी सर्वोच्च परिसर पुगेका छन् ।

सर्वोच्च परिसर पुगेका कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा मागसहित न्यायालय सुधारको पक्षमा नाराहरु लगाइरहेका छन् ।

कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश राणाले राजीनामा नदिएसम्म आफ्नो आन्दोलन जारी राख्ने तयारी गरेको आन्दोलनमा सहभागी अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले लोपकथलाई जानकारी दिए ।

‘हाम्रो माग भनेको न्यायालय सुधारका लागि प्रधानन्यायाधीशको राजीनामा नै हो । प्रधानन्यायाधीशमाथि प्रश्न उठेका कारण अहिले उहाँले राजीनामा दिएर मार्गप्रशस्त गर्नुहुनेछ भन्ने हाम्रो माग हो । उहाँको राजीनामा नआएसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’ उनले लोकपथसँग भने ।

गत कार्तिक १४ गतेबाट कानुन व्यवसायीहरुले निरन्तर सर्वोच परिसरमा आन्दोलन गर्दै आइरहेका छन् । गत असोज २२ गते मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश जबराले भाग खोजेको भन्दै कानुन व्यवसायीहरुले आन्दोलनलाई चर्काएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?