बानेश्वरमा फोटो प्रिन्ट सञ्चालनमा

लोकपथ
35
Shares

विगत लामो समयदेखि फोटोग्राफी फिल्डमा रही काम गरिरहेका हरि पाण्डेले फोटो प्रिन्ट नेपाल ल्याब तथा स्टुडियो सञ्चालनमा ल्याएका छन् । नयाँबानेश्वर मीनभवन मुख्य सडकमा रहेको फोटो ल्याबले विश्वस्तरीय गुणस्तरको फोटो नेपालमा नै सेवा प्रदान गर्ने उद्देश्यले ल्याब स्थापना भएको सञ्चालक पाण्डेले जानकारी दिए ।

लामो समयदेखि फोटो प्रिन्टको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरेको अनुभव सँगालिसकेका पाण्डेले ग्राहकको सेवालाई ध्यान दिएर अनलाइन फोटो प्रिन्ट ल्याबको सुविधा र होम डेलिभरीको सेवासमेत रहेको बताए ।

फोटो प्रिन्टको कामकै सिलसिलामा पाण्डे विश्वका ५६ देश पुगिसकेका पाण्डेले यसअघि विभिन्न पाँचवटासम्म फोटो प्रिन्ट पसलमा लगानी गरेको भए पनि यो भने व्यक्तिगत एकल लगानीमा सञ्चालनमा ल्याएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?