‘निजी क्षेत्रको सहयोगबिना प्रदेशको विकास असम्भव’

लोकपथ
21
Shares

सुर्खेत ।  मुख्यमन्त्री जीवनबहादुर शाहीले निजी क्षेत्रको सहयोगबिना प्रदेशको विकास सम्भव नभएको भन्दै कर्णालीमा लगानी गर्न आग्रह गरेका छन् । सुर्खेत उद्योग वाणिज्य सङ्घको वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उनले कर्णाली लगानीका लागि उपयुक्त स्थान भएको बताए ।

मुख्यमन्त्री शाहीले जलविद्युत्, जडीबुटी, खानी र कृषिजन्य क्षेत्र लगानी निजी क्षेत्रलाई आह्वान गरे ।

उनले कोरोना महामारीका कारण प्रदेश सरकारले अघिल्ला दुई वर्षदेखि लगानी सम्मेलन आयोजना गर्न नसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?