ओलीको प्रश्न : एमालेको सरकार नभएको भए मेलम्ची आउँथ्यो ?

लोकपथ
154
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले विकासको गतिलाई अवरुद्ध पारेको आरोप लगाएका छन्।

नेकपा (एमाले) काठमाडौं महानगर कमिटीद्वारा आयोजित नेपाल सम्वत् ११४२ को शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै ओलीले वर्तमान सरकारको ध्यान विकास निर्माणमा नगएको बताएका हुन् ।

‘विकासको गति अवरुद्ध भएको छ। त्यसलाई अगाडि बढाउनुपर्छ। अब पुनर्निर्माणतिर जानुपर्छ, टेको लगाउने प्रवृत्ति त्याग्नुपर्छ,’उनले भने।

उनले विकास निर्माणको कार्य अगाडि बढाउन एमालेकै नेतृत्वमा सरकार बन्नुपर्ने दाबी गरेका छन् । एमालेको सरकार नभएको भए मेलम्चीसमेत नआउने उनको भनाइ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?