काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शुक्रवार भएको पश्चिम नवलपरासी प्रदेशसभा क्षेत्रीय अधिवेशनको मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार जिल्लामा कांग्रेसभित्र रामचन्द्र पौडेल समूह बलियो देखिएको छ । सभापति शेरबहादुर देउवा समूह निकै कमजोर छ ।
सत्तारुढ नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नवलपरासीमा प्रदेशसभाका ६ निर्वाचन क्षेत्रमा शुक्रबार मतदानबाट नेतृत्व चयन गरिएको छ । प्रदेश निर्वाचन क्षेत्रको पदाधिकारीसहित प्रदेश प्रतिनिधिका लागि भएको निर्वाचनबाट क्षेत्र नम्बर १(१) मा देउवाइतर समूहका सभापतिका उम्मेदवार वेदप्रसाद शर्मा ७३ मत अन्तरले विजयी भएका छन् । प्रदेश सभा १(२) मा देउवा इतरका अनुरेश कलवार १ सय ६ मत अन्तरले निर्वाचित भएका छन् ।
प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २(१) मा देउवा इतरका सभापति पदका उम्मेदवार यामप्रसाद भुसाल ‘दीपक’ १२ मतले विजयी भएका छन् । प्रदेशसभा २(२) मा देउवा समूहका सभापति उम्मेदवार रामचन्द्र केवट ‘चन्दु’ १ सय ४३ मतले निर्वाचित भएका छन् ।
जिल्लाका २ प्रतिनिधिसभा निर्वाचन क्षेत्रभीत्रका ४ प्रदेशसभा क्षेत्रमा भएको अधिवेशनमा देउवा समूहले १ क्षेत्र मात्र जितेको छ । अन्य सबैमा देउवाइतर समूहले प्यानलै जितेका छन्।
प्रदेशसभा क्षेत्रीय अधिवेशनको मतले देउवा समूहभन्दा इतर समूह ४८ मतले अगाडि देखिएको छ । दुवै समूहले जिल्ला सभापतिको उम्मेदवार समेत घोषणा गरिसकेका छन् ।
प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन मंसिर ६ र जिल्ला अधिवेशन १० गतेलाई तोकिएको छ । यी सबै निर्वाचनका मतदाता वडाबाट चुनिएका क्षेत्रीय प्रतिनिधिहरू हुन् । जिल्लामा कूल १ हजार ३ सय ३८ मतदाता छन् ।
जिल्लामा देउवा समूहका केन्द्रीय सदस्य एवं पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलको एउटा गुट छ भने संविधानसभा सदस्यद्वय विक्रम खनाल र देवकरण जयसवालको अर्को संयुक्त गुट छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया