भटाभट ‘फेक एकाउन्ट’ बन्द गर्दै फेसबूक, थप्यो नयाँ कर्मचारी

अमेरिका – फेसबूकले सन् २०१८ को पहिलो तीन महिनामा ५८ करोड फेक एकाउन्ट बन्द गरेको छ । फेसबूकले यसका अलावा भडकाउ या हिंस्रक चित्र, आतंककारी दुष्प्रचार या घृणा फैलाउनेवाला एकाउन्टलाई पनि हटाएको बताएको छ ।

क्याम्ब्रिज एनालिटिका डाटा काण्डपछि पारदर्शिताको दिशामा कदम उठाउने भन्दै फेसबूकले नयाँ फेक एकाउन्ट खोल्नेलाई पनि कुनै न कुनै तरिकाले रोक्ने गरी कदम चालेको बताएको छ ।

कम्पनीले बतताए अनुसार कुल सक्रिय एकाउन्टका तुलनामा ३ देखि ४ प्रतिशत फेक एकाउन्ट अझै पनि छन् । यसका अलावा यस अवधिसम्म ८३ करोड ७ लाख पोस्ट हटाएको फेसबूकले जनाएको छ ।

फेसबूकले पहिले सामाजिक सद्भावना भड्काउने खालका पोस्टलाई पनि हटाइरहेको बताएको छ । साथै फेसबूकले २०० एप्लिकेसनलाई पनि हटाएको छ । ती एप्सले डाटाको दुरुपयोग गरेको फेसबूक टिमको निष्कर्ष छ ।

फेसबूकमा अपलोड हुने दश हजार सामग्रीमध्ये २२ देखि २७ मा ग्राफिक्स हिंसा भएको पाइएको छ । कम्पनीले बताए अनुुसार आतंकवादी दुष्प्रचारसँग सम्बन्धित एक करोड नब्बे लाख पोस्टमा फेसबूकले कारवाही गरेको छ । यसैलाई नियन्त्रण गर्न फेसबूकले अरु ३ हजार जनालाई जागिरमा लगाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?