प्रचण्ड र विप्लवबीच भेटवार्ता, पार्टी एकीकरणको विषयमा छलफल

लोकपथ
413
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेचविक्रम चन्द ‘विप्लव’बीच आज भेटवार्ता भएको छ ।

प्रचण्डलाई भेट्न विप्लवले शनिबार बिहान खुमलटार पुगेका थिए । पार्टी एकीकरणको चर्चा चलिरहेको बेला उनीहरुको यो भेटलाई निकै महत्वपूण रुपमा हेरिएको छ ।

भेटमा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा पनि सहभागी थिए।

भेटवार्तामा पार्टीगत सहकार्य गरी अघि बढ्ने र देशको वर्तमान राजनीतिक अवस्था र निकाशको बाटोका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?