त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि भेटियो सुन

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन पक्रिएको छ ।

१ किलो ३ सय ग्राम ‘तरल सुन’ सहित भारतीय नागरिक पक्राउ परेका हुन् । उनी पक्राउ भएपछि सुन तस्करले तस्करीको ँ तरिका परिवर्तन हुँदै गएको खुलेको छ । पछिल्लो समय सुन तस्करहरुले कम्मरमा बाँध्ने पेटी आकारमा सुनलाई झोल बनाएर ल्याउने क्रम बढेको हो ।

 विमानस्थल प्रहरीले यसअघि दुईपटक यसैगरी तस्करी गरेर ल्याइएको ‘लिक्वीड गोल्ड’ बरामद गरेको थियो ।

शुक्रवार दुबईबाट नेपाल एयरलाईन्सको बिमान चढेर त्रिभुवन विमानस्थल ओर्लिएका भारत केराला स्थायी घर भएका शम्सिद पलक्कम कुझिइलको साथबाट उक्त तरल सुन बरामद गरेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?