हेर्नुहोस् आज दिनभरका मुख्य १५ समाचार (भिडियोसहित)

लोकपथ
98
Shares

१. आज पनि नेपाल बारको अगुवाइमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सर्वोच्च परिसरमा नाराबाजी, वकिलहरुमाथि अपशब्द प्रयोग गर्ने २ जना पक्राउ ।

२. आजबाट नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ५७ जिल्लामा प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सुरु, १४ जिल्लामा यसअघि नै जिल्ला अधिवेशन सम्पन्न, केहीमा भने अझै विवाद ।

३. भोलि देशैभर माओवादी केन्द्रको वडा सम्मेलन हुँदै, विभाजित नभई वडा सम्मेलनमा सहभागी हुन कार्यकर्तालाई प्रवक्ता कृष्णबहादुर महराको अपिल ।

४. आयुर्वेदिक औषधालय बनाउन आवश्यक पर्ने जग्गादेखि अन्य पूर्वाधारका लागि सरकारले सहयोग गर्ने प्रधानमन्त्री देउवाको प्रतिबद्धता, सबैलाई योगातिर लाग्न आग्रह गर्दै बाबा रामदेवको प्रशंसा ।

५. एमसीसीबारे छिटो निर्णयमा पुग्न प्रचण्डलाई अमेरिकी सहायक विदेशमन्त्री लूको आग्रह, सबै पक्षको साझा समझदारी बनाउने प्रयास भइरहेको प्रचण्डको भनाइ ।

६. नेकपा एमाले इतिहासको विषय बन्ने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको दाबी, आफ्नो पार्टीतर्फ जनताको आकर्षण देखेर केही नेता आत्तिएको भनाइ ।

७. आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने एमाले नेता योगेशकुमार भट्टराईको जिकिर, महाधिवेनसँगै एमाले सरकारमा कमब्याक हुने विश्वास ।

८. बेलायतले माग्यो कामदार भिसामा १० हजार नेपाली नर्स, बेलायत पठाइने नर्सको तलब मासिक दुई लाख ५० हजारभन्दा बढी हुने श्रम मन्त्रालयको दाबी ।

९. ‘फ्रि भिसा र फ्रि टिकट’को नारालाई कार्यान्वयन नगर्नेलाई कारबाही गर्ने श्रममन्त्री कृष्णकुमार श्रेष्ठको चेतावनी, श्रमिकहरूलाई एजेन्टमार्फत नभई सिधा म्यानपावरसम्म पुर्याउन पहल गरिने प्रतिबद्धता ।

१०. बितेको २४ घण्टामा देशभर २ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि, ३ सय ६९ जना संक्रमणमुक्त, ५ जनाको मृत्यु ।

११. मुलुकभर चिसो बढ्यो : अधिकांश क्षेत्रको तापक्रम औसतभन्दा कम, एक्कासि चिसो बढेकोले बालबालिका तथा वृद्धवृद्धाको स्वास्थ्यमा असर पुग्न सक्ने भन्दै सावधानी अपनाउन मौसम विभागको आग्रह ।

१२. घरजग्गा किनबेच गर्ने व्यवसायी संघ सङगठनलाई कारोबार गरेको तथ्याङ्क सहि राख्न गभर्नर अधिकारीको आग्रह, दुई वर्षको मेहेनतपछि पहिलो पटक घरजग्गाको मूल्य मापन गर्ने सूचकांक बनाइएको भनाइ ।

१३. रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च तहमा पुगेको रुसी राष्ट्रपति पुटिन भनाइ, दुई देशबीचको सहकार्यलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता ।

१४. जापानले सन् २०२२ देखि निर्माण र कृषि क्षेत्रका कामदार लैजाने, उनीहरु बस्न पाउने समय भने निश्चित नहुने ।

१५. र भारतमा मंसिर २६ गते देखि आयोजना हुने फोर नेसन्स कप फुटबल प्रतियोगितामा नेपालले सहभागिता जनाउने, प्रतियोगितामा आयोजक भारत, बंगलादेश र थाइल्याण्डका टोली सहभागि हुने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?