काठमाडौं । सामाजिक सञ्जाल दुरुपयोग गरेर युवती तथा नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौंको भोटेबहाल बस्ने २० वर्षीय लव खड्गी रहेका छन् ।
उनले सामाजिक सञ्जालहरु इस्टाग्राम तथा फेसबुकमार्फत नाबालिका र युवतीहरुलाई साथी बनाएर विभिन्न डरधम्की दिएर नग्न तस्बिर तथा भिडियो पठाउन लगाएर चरित्र हत्या गरेको उजुरी प्रहरीमा परेको थियो ।
सोही उजुरीको आधारमा विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा उनलाई पक्राउ गरेर जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिई अनुसन्धान भइरहेको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया