विमानस्थलबाट ३ वटा बाला र पहेँलो तरल धातुसहित ४ जना पक्राउ

लोकपथ
833
Shares

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित प्रहरीले ४ जना पक्राउ परेका छन् ।

युनाइटेड अरब इमिरेट्स (दुवई) बाट आएका व्यक्तिसहित ३ जनालाई पक्राउ गरेको हो । ती व्यक्तिले तीन वटा सुनका बाला ल्याएका थिए । उनले पार्किङ एरियामा अन्य व्यक्तिहरुलाई सुन दिएको र उनीसहित ३ जनालाई पक्राउ गरिएको विमानस्थलमा कार्यरत एसपी राजेशनाथ
बास्तोलाले लोकपथलाई जानकारी दिए । नेपाल एयरलाइन्सको विमानबाट आएका ती व्यक्तिमाथि शंका लागेर अनुसन्धान गर्दा उनीहरुलाई पक्राउ गरिएको बास्तोलाले बताए ।

‘नेपाल एयरलाइन्समार्फत विमानस्थल ओर्लिएका उनीमाथि शंका लागेकाले जाँचबुझ गरेका थियौँ । उनले पार्किङ एरियामा हस्तान्तरण गर्दैगर्दा ३ वटा बालासहित ३ जनालाई पक्राउ गरिएको हो ।’ बास्तोलाले लोकपथसँग भने ।
बरामद गरिएको सुन भन्सार विभागमा अनुसन्धान भइरहेको र पक्राउ परेका उनीहरु उपर अनुसन्धान भइरहेको छ ।

त्यस्तै प्रहरीले आज नै विमानस्थलबाट तरल अवस्थामा ल्याएको सुनसहित एक जनालाई पक्राउ गरेको छ । नेपाल एयरलाइन्सबाट आएका ती व्यक्तिले अन्डरवेयरमा कपडाले बेरेर तरल अवस्थामा पहेँलो धातु ल्याएका थिए । चेकजाँचको क्रममा उनले लुकाएर ल्याएको अवस्थामा पहेँलो धातु फेला परेको थियो । उक्त पहेँलो धातु जन्य तरल पदार्थ चेकजाँचको लागि भन्सार विभागमा पठाइएको उनले बताए ।

‘चेकजाँचको क्रममा सेतो पोलिथिनको झोलामा लेदोजस्तो पहेलो धातु ल्याइएको पाइएको छ । अनुसन्धानका लागि भन्सार विभाग पठाइएको छ ।’ बास्तोलाले भने ।

उनलाई पक्राउ गरि त्यसबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?