राष्ट्रहित र जनहितमा काम गर्न प्रतिबद्ध छुः मन्त्री श्रेष्ठ

लोकपथ
0
Shares

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले राष्ट्रहित र जनहितमा गर्ने काममा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
प्रेस सेन्टर नेपाल भक्तपुरको दोस्रो अधिवेशनको आज उद्घाटन गर्दै न्त्री श्रेष्ठले राष्ट्रहित र जनहितको पक्षमा काम गर्न मन्त्रालयका तर्फबाट अभियान थालिसकेको बताइन् ।
मन्त्री श्रेष्ठले भक्तपुरमा रहेका स्ववासीहरुले खेपिरहनु परेको समस्या, हलीया र कमैया कमलरीको समस्या समाधान गर्न आफुले पहल शुरु गरिसकेको भन्दै तल्ला स्तरमा रहेका जनताको संविधानमा व्यवस्था भएको अधिकार स्थापित गर्न आफु लागिरहेको बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?