हेर्नुहोस् आज दिनभरको मुख्य १५ समाचार (भिडियोसहित)

लोकपथ
84
Shares

१. प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन बार एसोसिएसनले दियो भोलिसम्मको ‘अल्टिमेटम’, राजीनामा नआए आफूहरूले थप सशक्त कार्यक्रम ल्याउने चेतावनी

२. फुलकोर्ट बैठकले ग¥यो सर्वोच्च अदालतमा पेसी तोक्नका लागि गोलाप्रथासम्बन्धी निर्देशिका पास, राजपत्रमा प्रकाशित गर्न आजै कानुन मन्त्रालय पठाइयो

३. सर्वोच्चमा एसएलआर भिरेका प्रहरी परिचालन गरेकोमा अधिवक्ता ओमप्रकाश अर्यालको आक्रोश, न्यायालय बचाउनका लागि आफूहरू मर्न पनि तयार रहेको भनाइ

४. कोरोना भाइरसविरुद्धको खोप लगाउन अब पालो कुर्नु नपर्ने स्वास्थ्य मन्त्री खतिवडाको भनाइ, सर्वसाधारणले आफूलाई पायक पर्ने खोपकेन्द्रमा गई जुनसुकै बेला पनि खोप लगाउन सक्ने

५. सर्वोच्चको समस्या सुल्झाउन प्रधानमन्त्रीले पहल गर्नुपर्ने नेकपा एसका अध्यक्ष नेपालको भनाइ, सत्ता साझेदार दलको बैठकले साझा धारणा बनाइसकेकाले चाँडै समस्या समाधान हुनेमा विश्वस्त

६. नेपाल बार एसोसियसनभित्र पसेर वकिलहरूलाई कालोकोट च्यात्ने धम्की, चार जना पक्राउ, थप अनुसन्धान हुँदै

७. सहज तरिकाले ठूला योजना सञ्चालन हुने नीति बनाउनुपर्नेमा अर्थमन्त्री शर्माको जोड, झन्झटिलो कानुन र विभिन्न किसिमका रोकावट हटाउनुपर्ने उल्लेख

८. राष्ट्रहित र जनहितका लागि काम गर्न कुनै कसर बाँकी नराख्ने भूमिमन्त्री श्रेष्ठको प्रतिबद्धता, अग्रगमन र प्रतिगमनको द्वन्द्व चलिरहेकाले सही सूचना सम्प्रेषण गर्ने सञ्चार जगतलाई आग्रह

९. प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि लागेको आरोप छानबिनका लागि संसद् अधिवेशन बोलाउनुपर्ने नेपाली कांग्रेसका नेता सिंहको भनाइ, आरोपमा संसदले छानबिन गर्नुपर्ने धारणा

१०. पछिल्लो २४ घण्टामा थप २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ६० जना संक्रमणमुक्त, ६ जनाको मृत्यु

११. बिहीबार सेयर बजारमा ३२ दशमलव ३९ अंकको गिरावट, कारोबार रकम पनि ६ अर्बमा सीमित

१२. जेरुसेलममा इजरायली सेना र प्यालेस्टाइनीबीच झडप, आम हड्ताल गर्ने घोषणा, ५७ प्यालेस्टाइनी घाइते

१३. टोङ्गामा आम निर्वाचन सम्पन्न, तीन नयाँ प्रतिनिधिहरू निर्वाचित, ६ जना पदाधिकारीहरू विधानसभामा फिर्ता

१४. फोर नेसन्स कप खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई प्रस्ताव, डिसेम्बर ९ देखि २१ सम्म प्रतियोगिता भारतमा आयोजना हुने

१५. र,‘ए’ डिभिजन सहिद स्मारक लिग फुटबल भोलि शुक्रबारबाट सुरु हुँदै, उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लब भिड्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?