सिटी एक्सप्रेसको ‘सिटी आयो लखपति बनायो’ योजनाका ५ भाग्यशाली बिजेताको नाम सार्वजनिक

लोकपथ
49
Shares

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी आयो लखपति बनायो’ योजनाअन्तर्गत कार्तिक महिनाको पाँच भाग्यशाली बिजेताको नाम सार्वजनिक गर्दै योजना समापन भएको घोषणा गरेको छ । सो योजनाअन्तर्गत ५ जनाले जनही १ लाख जित्न सफल भएको सिटी एक्सप्रेसले जान्कारी गराएको छ ।

कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा साउदीबाट रेमिटान्स पठाउने खगेन्द्र बुढाथोकी, मलेसियाबाट उदय रामयादव, कुवेतबाट रमिता तामाङ, कोरियाबाट दिलबहादुर पुनः साथै अन्तिममा कतारबाट रेमिटान्स पठाउने चिनाक हरिजन गरी ५ जना लखपति बन्न सफल भएका हुन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड २०७८ सालको दशैँ, तिहार र छठलाई लक्षितगर्दै आफ्नाग्राहकवर्गहरुसँग पर्वको खुशी साट्न लगातार ६१ दिनसम्म चल्ने ‘सिटी आयो लखपति बनायो’ उपहार योजना गत भदौ ३१ गते घोषणा गरेको थियो ।

सिटी एक्सप्रेसको यो उपहार योजनाअन्तर्गत ‘लक्की ड्र’मार्फत ६१ दिन लगातार हरेक दिन १ जना (कुल ६१ जना) विजेतालाई १० रुपैयाँ उपहार प्रदान गरेको छ । साथै हरेक महिना ५ जनालाई १–१ लाख रुपैयाँ गरी २ महिनासम्म १० जना लखपति बन्न सफल भएका छन् ।

कम्पनीका अनुसार यस ‘सिटी आयो लखपतिबनायो’ अफर असोज १ गतेदेखि कार्तिक ३० गतेसम्म चलेको थियो । यो अवधिभरि सिटी एक्सप्रेसमार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?