काठमाडौं । सर्वोच्च अदालतमा पेसी तोक्दा गोलाप्रथाको व्यवस्थासहितको निर्देशिका पास भएको छ ।
बिहीबार सर्वोच्च अदालतमा बसेको फुलकोर्ट बैठकले सो निर्णय गरेको हो ।
बैठकले फुलकोर्टको नियमाली र त्यससँगसम्बन्धी निर्देशिका समेत पास गरेको जनाएको छ ।
पेस भएको निर्देशिकाहरु राजपत्रमा प्रकाशित भएपछि मात्रै लागू हुनेछ । राजपत्रमा प्रकाशित भएसँगै सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोकिनेछ ।
उक्त निर्देशिका आजै कानुन मन्त्रायलमा पठाउने तयारी रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया