नेपालमा फर्मा उन्नत प्रविधि ट्याक्टर लन्च

लोकपथ
35
Shares

काठमाडौं । भारतमा उत्पादन हुँदै आएको फर्मा ट्याक्टर उत्पादक कम्पनीले फर्मा उन्नत प्रविधि ट्रयाक्टर नेपालमा लन्च गरेको छ ।

काठमाडौंमा भएको फर्मा ट्याक्टर सार्वजनिक कार्यक्रमको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै मन्त्री शर्माले नेपालमा उत्पादनमूलक उद्योगमा लगानीको उपयुक्त वातावरण भएकाले विदेशी व्यवसायीलाई नेपालमा लगानी गर्न आउन आग्रह गरेका छन् ।

अर्थमन्त्री शर्माले नेपालमा कृषिलाई आधुनिक प्रविधिसँगै जोडेर उत्पादनलाई वृद्धि गर्न आवश्यक रहेको बताए । कृषि ग्रुपअन्तर्गतको यति टेक्निक फार्मले सार्वजनिक गरेको फर्मा ट्याक्टर युरोपेली प्रविधिको ट्याक्टर हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?