कानुन व्यवसायीमाथि बारमै धम्की आएको प्रति बिडारीको आपत्ति

लोकपथ
140
Shares

काठमाडौं । राष्ट्रियसभा सदस्य रामनारायण बिँडारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउनुपर्ने बताएका छन् ।

सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीशको मानिसहरु आएर वकिलहरुलाई धम्की आएको प्रति आपत्ति जनाउँदै सो कुरा बताएका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै वरिष्ठ अधिवक्ता समेत रहेका बिडारीले भने, ‘सर्वोच्च अदालतमा नै प्र.न्या.तर्फबाट वकिललाई पिट्ने र राति आक्रमण गर्ने धक्की गुण्डाले दिएको सरकारले र सत्ता दलले देख्यो नि ? महाभियोग यसकारण संसद् ।’

बिहीबार सर्वोच्च परिसरमा अपरिचित व्यक्तिहरु प्रवेश गरी वकिलहरुलाई कुटपिट गर्ने धम्की दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?