प्रशिक्षक हान एबिङ नेपाल आइपुगे

लोकपथ
546
Shares

काठमाडौं । भलिबल प्रशिक्षक हान एबिङ नेपाल आइपुगेका छन् । नेपाली राष्ट्रिय पुरुष भलिबल टिमलाई प्रशिक्षण दिन प्रशिक्षक हान बिहीबार अपरान्ह नेपाल आइपुगेका हुन् ।

एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि प्रशिक्षक एबिङ नेपाल आएका हुन् ।

बंगलादेशको ढाकामा आयोजना हुने प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म चल्नेछ । प्रतियोगिताका लागि पुरुष टिमले शुक्रबारबाट प्रशिक्षण गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?