प्रधानन्यायाधीश राणाले बोलाए फुलकोर्ट बैठक

लोकपथ
133
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् ।

बिहीबार (आज) दिउँसो १ बजेका लागि प्रधानन्यायाधीश राणाले फुलकोर्ट बैठक बोलाएका हुन् ।

आजको बैठकमा गोलाप्रथाबाट मुद्दा हेर्ने व्यवस्थाको कानुनी प्रावधानहरुका विषयमा छलफल गरिने बताइएको छ । यसअघि प्रधानन्यायाधीश राणाले बोलाएको फुलकोर्ट बैठकमा १८ न्यायाधीशहरु सहभागी भएका थिएनन् । तर आजको बैठकमा उनीहरु समेत सहभागी हुने बताइएको छ ।

लामो समयदेखि न्यायालय सुधारको मागसहित कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश राणाविरुद्ध आन्दोलन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?